नेपालमा बिहीबारदेखि भारी वर्षाको सम्भावना

नवलपुर टुडे

सारांश
- चक्रवात अर्नब आज अपराह्न वा साँझ भारतको बिशाखापटनमको तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।
- नेपालमा यसको प्रभाव भोलिदेखि बादल लाग्ने र बिहीबारदेखि वर्षा सुरु हुने सम्भावना रहेको छ।
- गण्डकीदेखि कोशी प्रदेशसम्म भारी वर्षा हुन सक्ने भएकाले हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौँ । चक्रवात अर्नब आज अपराह्न वा साँझ भारतको बिशाखापटनम आसपासको तटीय क्षेत्रमा पुग्ने देखिएको मौसमविदले बताएका छन्। नेपालमा यसको प्रभाव भोलिदेखि बादल लागेर देखिन थाले पनि वर्षा भने बिहीबारदेखि सुरु हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताए।
उनका अनुसार यस प्रणालीको प्रभावले गण्डकीदेखि कोशी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान अझै कायमै छ। एउटा मोडेलले अन्य मोडेलभन्दा फरक पूर्वानुमान देखाएकाले धेरै वर्षा हुने हो वा कम मात्रामा तर लामो समयसम्म वर्षा जारी रहने हो भन्नेमा केही अनिश्चितता बढेको उनले बताए।
यद्यपि, सातवटा मोडेलको समग्र पूर्वानुमान हेर्दा नेपालमा भारी वर्षाको सम्भावना अझै देखिन्छ। उनले हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















