कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

नवलपुर टुडे

सारांश
- म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दोबा जोड्ने भीरकाटेपुल कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको छ।
- पुलको पहुँचमार्ग भत्किएपछि सवारीसाधन आवतजावतमा कठिनाई उत्पन्न भएको छ र हाल सो बेलिब्रिज एकतर्फी मात्र सञ्चालन भइरहेको छ।
- स्थानीयवासीको कष्टपूर्ण यात्रा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले तत्काल पुलको मर्मतसम्भार गर्नुपर्ने माग गरिएको छ।

म्याग्दी । दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत गर्ने भीरकाटेपुल कालीगण्डकी नदीले क्षति पुर्याएपछि स्थानीयवासी कष्टपूर्ण यात्रा गर्न विवस भएका हुन्।
बेनी–जोमसोम–कोरला सडकको भीरकाटे हुँदै दोबा गाउँलाई यातायात सञ्चालमा जोड्न निर्माण भएको पुल जोखिममा परेको छ। पुलको भीरकाटेतर्फको पहुँचमार्ग नदी कटानले भत्काएपछि सवारीसाधन आवतजावतमा जोखिम बढेको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताए।
करिब दुई दशकअघि बेनी–जोमसोम सडकको मार्ग खोल्ने क्रममा दोबावासीले कालीगण्डकी नदीमा पुल निर्माण गर्न माग गरेपछि पुल निर्माण गरिएको थियो।
सडक विभाग अन्तर्गतको बेलिब्रिज भएकाले यसको मर्मतसम्भार स्थानीय तहभन्दा सडक विभागले नै गर्नुपर्ने उपाध्यक्ष पुनले बताए। पुलमा भएको क्षतिबारे गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको बताए।
हाल बेलिब्रिज एकतर्फी सञ्चालन भइरहेको छ। नदी कटान नरोकिए जुनसुकै बेला पहुँचमार्ग पूर्णरूपमा भत्किन सक्ने जोखिम रहेको स्थानीयवासी अमृत पुनले बताए। दोबा जोड्ने एकमात्र बेलिब्रिज भएकाले सम्बन्धित निकायले तत्काल मर्मतसम्भार गर्नुपर्ने उनको भनाइ छ। दोबामा करिब ३०० घर परिवारको बसोबास छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















