विभिन्न जिल्लाबाट लागुऔषधसहित ९ जना पक्राउ

रासस

सारांश
- प्रहरीले झापा, सुनसरी र उदयपुरका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरुबाट ठूलो मात्रामा ट्रामाडोल, स्पास्मो, हाइड्रोब्रोमाइन र ब्राउन सुगरलगायतका प्रतिबन्धित लागुऔषध बरामद गरिएको छ।
- सबै पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विराटनगर । प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार इटहरी उपमहानगरापलिका–१३ ओम शान्ति भवनस्थित प्रदेश १–०२–००५ ह ६४८० नं को सिटी रिक्सालाई जाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा चालक हरिनगर गाँउपालिका–७ का १८ वर्षीय अब्दुल खान, सवार १८ वर्षीय मोतिम आलम र को ३६ प ६२४३ नं को मोटरसाइकल चालक हरिनगरा गाउँपालिका–७ का १८ वर्षीय सोजिप खानलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाबाट ट्रामाडोल–छ हजार ९८० क्यापसुल, स्पास्मो–सात हजार क्यापसुल र हाइड्रोब्रोमाइन–दुई बोतल प्रतिबन्धित औषधि बरामत गरिएको छ । प्रहरीले बराह क्षेत्र नगरपालिका–७ का २७ वर्षीय कुशल घिमिरे, ३२ वर्षीय तुलसी खड्का र इटहरी–९ का ३२ वर्षीय मुकेश भुजेललाई तीन ग्राम ३० मिलिग्राम ब्राउन सुगर, प्रहरी चौकी भरोलले बराह क्षेत्र–५ का ४० वर्षीय रामकुमार चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलटार उदयपुरले त्रियुगा नगरपालिका–१० का २६ वर्षीय मनोज मग्राङ्तीलाई स्पास्मो–२८८ क्यापसुल र निट्राजेपाम–३०० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २५ वर्षीय बविस भण्डारीलाई तीन ग्राम एक मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ परेका सबै जनाको थप अनुसन्धान भइ रहेको थापाले जानकारी दिए ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















