जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन

रासस

सारांश
- जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ।
- आफ्नो कार्यकालमा उहाँले छिमेकी देश चीनसँगको बिग्रिएको सम्बन्ध सुधार गर्न महत्त्वपूर्ण पहल गर्नुभएको थियो।
- फुकुदाले सन् २००८ मा तत्कालीन चिनियाँ राष्ट्रप्रमुख हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिनुभएको थियो।

टोकियो, कात्तिक ९ । चीनसँग सम्बन्ध सुधार गर्ने प्रयासका लागि परिचित जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका एक अधिकारीले एएफपीलाई बताएका छन् ।
फुकुदाले सन् २००७ सेप्टेम्बरदेखि एक वर्ष जापानको नेतृत्व गर्नुभएको थियो । उहाँले १२ महिनामै पहिलो कार्यकाल समाप्त गर्नुभएका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको स्थान लिनुभएको थियो ।
प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिनुभएको थियो । उहाँले तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओलाई जापान भ्रमणको निमन्त्रणा दिनुभएको थियो । सन् २००८ मेमा भएको उक्त भ्रमण एक दशकपछि जापान भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रप्रमुखको भ्रमण थियो ।
भ्रमणका क्रममा दुवै नेताले ‘साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभदायक सम्बन्ध’ निर्माण गर्ने प्रतिबद्धतासहित संयुक्त वक्तव्य जारी गर्नुभएको थियो ।
लोकप्रियता घटेपछि फुकुदाले सन् २००८ सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले सन् २०१२ मा सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो ।
विवादित टापु र ऐतिहासिक मुद्दालाई लिएर जापान र चीनबीचको सम्बन्ध बिग्रँदै गएपछि फुकुदा सन् २०१४ मा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गर्न चीन जानुभएको थियो । उहाँको उक्त पहलले सी र आबेबीच शिखर बैठकका लागि मार्ग प्रशस्त गरेको थियो


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















