कांग्रेस सभापतिको शुभकामना सन्देश: नेपाली क्रिकेटले अझै उचाइ हासिल गरोस्

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, टोली, क्यान र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।
- उनले सीमित स्रोतसाधन र कठिनाइबीच पनि नेपाली क्रिकेटलाई यो अवस्थासम्म पुर्याउन खेलाडी, प्रशिक्षक र शुभचिन्तकले गरेको संघर्ष तथा योगदानको उच्च प्रशंसा गरेका छन्।
- एनपीएलको यो संस्करणले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र खेलप्रतिको आकर्षण थप बढाउने विश्वास उनले व्यक्त गरेका छन्।

काठमाडौं, कार्तिक ९। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।
आज सुरु हुने प्रतियोगिताका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली क्रिकेटको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन्।
सीमित स्रोतसाधन र विभिन्न कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्याउन खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीले पुर्याएको योगदानको उनले प्रशंसा गरेका छन्।
नेपाली क्रिकेटको विकासमा योगदान गर्ने सबैलाई स्मरण गर्दै थापाले आगामी दिनमा नेपाली क्रिकेटले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र क्रिकेटप्रतिको आकर्षण बढाउन थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
थापाले प्रतियोगितामा सहभागी सम्पूर्ण टोली तथा खेलाडीको सफलताको कामना गर्दै नेपाली क्रिकेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सफलता हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















