Opens in a new tab

बुलिङटारबाट गैंडाकोट आउदै गरेको मोटरसाइकल दुर्घटना, दुईजना घाइते

नवलपुर टुडे

1.6KShares

सारांश

  • नवलपुरको गैंडाकोटस्थित तुइनडाँडामा भएको मोटरसाइकल दुर्घटनामा दुईजना घाइते भएका छन्।
  • बुलिङटारबाट गैंडाकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर करिब २०० मिटर तल खसेको थियो।
  • दुर्घटनामा परेर घाइते भएका चालक र पछाडि सवार व्यक्ति, दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
dida bag ad

कावासोती । नवलपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाईतेभएका छन । नवलपुरको बुलिङटारबाट गैंडाकोटतर्फ जाँदै गरेको मोटरसाइकल गैंडाकोटको भोक्रोफाँट नजिकै पर्ने तुइनडाँडामा दुर्घटना हुँदा दुईजना घाइते भएका हुन ।

प्रहरीबाट प्राप्त विवरणअनुसार आईतवार साँझ करिब ७:४५ बजे ग १७ प ३९९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएर करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२६ बर्षका किशोर क्षेत्री र मोटरसाइकल पछाडी सवार स्याङ्जा चापाकोट नगरपालिका- ३ बस्ने बिक्रम बहादुर खाँड घाईते भएका छन । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएका छन।