Opens in a new tab

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

नवलपुर टुडे

2.1KShares

सारांश

  • भोजपुरमा धान भित्राउने समय नजिकिँदै गर्दा ‘लाई किरा’को प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन्।
  • किराले धानको फेदमा क्षति पुर्‍याई रस चुस्दा बोट कमजोर भएर ढल्ने, सुक्ने र बाला कालो भई झर्ने समस्या देखिएको छ।
  • यस प्रकोपका कारण यस वर्ष मुख्य बालीको उत्पादन घट्नुका साथै पशुचौपायालाई चाहिने परालसमेत नष्ट हुने चिन्ता बढेको छ।
dida bag ad

भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाई किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिनुभयो । विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्‍याएको उनले बताए ।

धानको फेदमा किराले क्षति पुर्‍याउँदा बोट कमजोर भई ढल्ने गरेको र त्यसले धान तथा पराल दुवैमा नोक्सानी पुर्‍याएको उहाँले जानकारी दिनुभयो । धानबालीमा किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।

“विगतका वर्षमा धानमा यसरी लाई किराको प्रकोप देखिएको थिएन”,उनले भने, “किराले धानको फेदमै क्षति पुर्‍याएपछि बोट ढल्न थालेका छन् । यसले धानको उत्पादनमा मात्र नभई पशुचौपायाका लागि आवश्यक परालमा समेत नोक्सानी पुर्‍याएको छ ।”

भोजपुर नगरपालिका–५ का अर्की किसान गीता विष्टले पनि धानको फेदमा लाई किराको समस्या देखिएको बताउनुभयो । किराको प्रकोपका कारण धानको बोटसँगै बालामासमेत क्षति पुगेको उनले जानकारी दिए ।

“धानको फेदमा लाई किरा लागेर रस चुस्ने गरेको छ । जसले गर्दा बोट सुक्ने र बाला कालो भई झर्ने समस्या देखिएको छ”, उनले भने, “वर्षभरि खाने मुख्य बाली नै भित्राउने बेलामा नष्ट हुन थालेपछि हामी किसान समस्यामा परेका छौँ ।”

धान पाक्ने तथा भित्राउने समय नजिकिँदै गर्दा बालीमा यस्तो समस्या देखिएपछि मेहनत र लगानी खेर जाने चिन्ता बढेको किसानको भनाइ छ । धानका बोट ढल्दा बाली भित्राउन कठिन हुने तथा धान र पराल दुवैमा क्षति पुग्ने भएकाले किसान थप समस्यामा परेका छन् ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै