Opens in a new tab

झापाको शिवसताक्षीमा कन्स्ट्रक्सन कम्पनीको डिजेल स्टकमा भीषण आगलागी

नवलपुर टुडे

596Shares

सारांश

  • झापाको शिवसताक्षीस्थित कन्स्ट्रक्सनको डिजेल स्टकमा आइतबार साँझ विद्युत् सर्ट भई भीषण आगलागी भएको छ।
  • भण्डारण गरिएको साढे ९ हजार लिटर डिजेल जल्दा पार्किङ गरी राखिएको एउटा ट्रकमा समेत क्षति पुगेको छ।
  • डिजेलको आगोमा पानी हाल्दा झनै बल्ने जोखिम रहेकाले हाल बालुवाको प्रयोग गरी नियन्त्रणको प्रयास भइरहेको छ।
dida bag ad

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा.लि.को लाइट डिजेल आयलको स्टकमा आइतबार साँझ भीषण आगलागी भएको छ।

सडक कालोपत्रे गर्नका लागि भण्डारण गरी राखिएको करिब साढे ९ हजार लिटर लाइट डिजेल आयलमा साँझ पौने ७ बजेतिर अचानक विद्युत् सर्ट भएर आगो लागेको हो।

आगलागीका कारण त्यहाँ पार्किङ गरी राखिएको को–प्र–०१००क १८०० नम्बरको एउटा ट्रकमा समेत क्षति पुगेको छ। डिजेलमा सल्केको आगो तीव्र गतिमा फैलिएपछि वरपरको वातावरण त्रासमय बनेको थियो।

घटनालगत्तै आगो नियन्त्रणमा लिन दमकल बोलाइएको छ। डिजेलमा लागेको आगोमा पानी हाल्दा झनै दन्किने जोखिम रहेकाले हाल बालुवा प्रयोग गरेर नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण र क्षतिको यकिन विवरण आउन बाँकी छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै