Opens in a new tab

कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटना हुँदा ९ जना घाइते

नवलपुर टुडे

4.6KShares

सारांश

  • सुर्खेतको पञ्चपुरीमा कैलालीबाट अछाम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्।
  • घाइतेहरूको स्थानीय आधारभूत अस्पताल र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ भने अन्य सकुशल यात्रुलाई गन्तव्यतर्फ पठाइएको छ।
  • घटनापछि फरार भएका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।
dida bag ad

सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । मंगलबार कैलालीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका– ३ को लगामनजिक अन्तियत्रित भई दुर्घटनामा परेको हो ।

उक्त दुर्घनामा परेर अछाम तुर्माख गाउँपालिका– ६ की अन्दाजी वर्ष २७ की जीवनकला बयक, विनायक नगरपालिका– १ का अन्दाजी वर्ष २५ का हेमन्त तिमल्सिना, कमलबजार– ७ बस्ने मिन भण्डारीका छोरा १५ वर्षीय निरज भण्डारी र विनायक नगरपालिका– ८ बस्ने ३५ वर्षीय धिराज विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै, कैलालीको कैलाली नगरपालिका– ३ बस्ने सुनील बादीका तीन वर्षीय छोरा समीर बादी, दैलेखको ठाटिकाँध गाउँपालिका– ३ का अन्दाजी ४१ वर्षीय बिर्ख टमटा, २० वर्षीया सारदा टमटा, कैलालीको लम्किचुहा नगरपालिका– ४ का अन्दाजी २० वर्षीय गोपाल बोगटी, सोही ठाउँकी २० वर्षीया शान्ति भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको पञ्चपुरी आधारभूत अस्पताल र कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार गाडीमा सवार १० बालबालिकासहित अन्य यात्रु सकुशल छन् भने अलपत्र यात्रुहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको छ ।

उनका अनुसार गाडी चालक विनायक नगरपालिकाका अन्दाजी ३५ वर्षीय विष्णु शाही फरार छन् । उनको खोजी भइरहेको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै