सप्तरीको कंकालिनी मन्दिरमा राँगाको बलि दिन भक्तजनको घुइँचो, ६१५ राँगाको बलि प्रदान

राम नारायण

सारांश
- बडादशैंको महानवमीका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाआजा र बलि चढाउने भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।
- सप्तरीको प्रसिद्ध कंकालिनी मन्दिरमा मनोकामना पूरा हुने जनविश्वाससहित यस वर्ष ६१५ वटा राँगाको बलि प्रदान गरिएको छ।
- कंकालिनी मन्दिरलगायत सप्तरीका विभिन्न काली मन्दिर र गहबरहरूमा पनि महानवमीका दिन विशेष पूजाआजा र बलि दिने परम्परालाई निरन्तरता दिइएको छ।

राजविराज । बडादशैंअन्तर्गत आज महानवमी देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पूजाआजा गर्ने र भाकलअनुसार बलि चढाउने भक्तजनको घुइँचो लागेको छ। सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका -१ भारदह स्थिति प्रसिद्ध धार्मिकस्थल कंकालिनी मन्दिरमा पनि महानवमीको अवसरमा राँगाको बलि प्रदान गर्न श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ। धार्मिक आस्था, परम्परा र शक्तिको उपासनासँग जोडिएको यस पर्वमा मन्दिर परिसरमा बिहानैदेखि विशेष चहलपहल देखिएको छ।
कंकालिनी मन्दिरमा मनोकामना पूरा भएपछि भाकलअनुसार राँगाको बलि चढाउने परम्परा रहिआएको छ। यही परम्परालाई निरन्तरता दिँदै यस वर्षको महानवमीमा पनि भक्तजनहरूले राँगाको बलि प्रदान गरिरहेका छन्। मन्दिरमा आज ६१५ वटा राँगाको बलि प्रदान भइरहेको छ। यहाँ भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण सप्तरीसहित विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गरेका छन्।

मन्दिरका ६० वर्षीय पुजारी चन्द्रकान्त भारतीका अनुसार, सुरुमा एउटा राँगाबाट सुरु भएको बलि दिने परम्परा अहिले बढेर सयौँको संख्यामा पुगेको छ। उनका अनुसार, समयसँगै बलि प्रदान गर्ने भक्तजनको संख्या बढ्दै जानुले मन्दिरप्रतिको धार्मिक आस्था र परम्पराको निरन्तरतालाई प्रतिबिम्बित गर्छ।
कंकालिनी मन्दिरमा मात्रै नभई सप्तरीका झल्हि, चनौरा, बेल्ही चपेना, सकरपुरा लगायतका स्थानमा रहेका काली मन्दिर तथा गहबरहरूमा पनि महानवमीका दिन बलि प्रदान गर्ने परम्परा छ। यस अवसरमा जिल्लाका विभिन्न शक्तिपीठहरूमा पूजाआजा, भाकल र धार्मिक अनुष्ठानका कारण विशेष रौनक देखिएको छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















