नवरात्रको नवौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

रासस

सारांश
- नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनहरूको भारी घुइँचो लागेको छ।
- तिथि वृद्धिका कारण आज पनि महाअष्टमी मनाइँदै गुह्येश्वरी, दक्षिणकाली, मनकामना, पाथीभरालगायतका मन्दिरहरूमा बिहानैदेखि पूजाआराधना गर्नेहरूको भीड छ।
- शारदीय नवरात्रको यस अवसरमा देवीको दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिएको छ।

काठमाडौँ । नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
तिथि वृद्धि हुँदा आज पनि महाअष्टमी मानेर यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा पूजार्चना गर्ने भक्तजनको भीड लागेको हो । ती शक्तिपीठ तथा देवी मन्दिर ध्वजापताकाले सिँगारिएका छन् ।
रासस स्थानीय समाचारदाताहरूका अनुसार काठमाडौँ उपत्यका नजिकैको दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी, डडेलधुराको उग्रतारा भगवती, बैतडीको त्रिपुरासुन्दरी, नेपालगञ्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती र राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली तथा बाराको गढीमाईमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















