Opens in a new tab

तराई बोल्टसको खेल यात्रामा ओलिभिया एजुकेसनको साथ

नवलपुर टुडे

1.8KShares

सारांश

  • दक्षिण कोरियामा रहेको ओलिभिया एजुकेसन कन्सल्टेन्सीले ‘तराई बोल्टस’ क्रिकेट टोलीलाई खेलकुद सामग्री सहयोग गरेको छ।
  • युवाहरूको खेल प्रतिभा उजागर गर्न र क्रिकेट खेलको विकासमा योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।
  • यस किसिमको सहयोगले खेलाडीहरूमा हौसला थपिनुका साथै नेपाली समुदायबीच आपसी एकता र सहकार्य अभिवृद्धि हुने विश्वास गरिएको छ।
dida bag ad

नवलपरासी । दक्षिण कोरियामा क्रिकेट खेल तथा खेलाडीहरूको उत्साह, प्रतिभा र खेलभावनालाई प्रोत्साहन गर्ने उद्देश्यले ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा.लि.ले क्रिकेट टोली‘तराई बोल्टस’लाई ब्याट, बल, खेल पोसाकलगायतका खेल सामग्री सहयोग गरेको छ।

ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा.लि.का सञ्चालक अजय कुशवाहाले तराई बोल्टसलाई आवश्यक खेल सामग्री उपलब्ध गराइएको जानकारी दिएका हुन्।

शिक्षा र खेलकुद दुवै युवाको भविष्य निर्माणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै संस्थाले खेलकुदमार्फत अनुशासन, एकता, नेतृत्व क्षमता र आपसी सद्भावको विकास गर्न सकिने विश्वास व्यक्त गरेको छ।

युवाहरूमा रहेको खेल प्रतिभालाई उजागर गर्न, क्रिकेटको विकासमा योगदान पुर्‍याउन तथा नेपाली समुदायबीच आपसी एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग गरिएको संस्थाले जनाएको छ।

खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिलोस् भन्ने उद्देश्यले गरिएको यस सहयोगले तराई बोल्टसको खेल यात्रामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै