सशस्त्र प्रहरीद्वारा ठाउँ, ठाउँमा लिङ्गे पिङ निर्माण

नवलपुर टुडे


नवलपरासी, कार्तिक २ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, पश्चिम नवलपरासीले स्थानीय समुदायसँगको सम्बन्ध सुदृढ बनाउन र दसैँ-तिहारको रौनक बढाउन ठाउँ, ठाउँमा लिङ्गे पिङ निर्माण गरिदिएको छ ।
शिक्षालयको टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ स्थित नगरपालिका टोल र बाढीपीडित टोलका बालबालिका तथा स्थानीयवासीका लागि लिङ्गे पिङ निर्माण गरिदिएको हो ।
शिक्षालय प्रमुख एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधिर सुवेदीका अनुसार नागरिक र प्रहरीबीचको सामाजिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै हाम्रो मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले पिङ हालिएको हो । सीमा सुरक्षा र नागरिकको रक्षाको जिम्मेवारीसँगै समुदायको सुख-दुःखमा हातेमालो गर्नु सशस्त्र प्रहरीको प्राथमिकता रहेको उहाँले बताउनुभयो ।
अहोरात्र खट्ने सुरक्षाकर्मी आफैँ टोलमा पुगेर पिङ हालिदिएपछि विशेषगरी बालबालिका, युवा तथा बाढीपीडित क्षेत्रका बासिन्दाहरू निकै उत्साहित भएका छन् । आफ्नै टोलमा पिङ तयार भएपछि स्थानीयवासीले सशस्त्र प्रहरी बल नेपाल र सीमा सुरक्षा तालिम शिक्षालय प्रति आभार प्रकट गरेका छन् ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















