सिन्धुली दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

रासस

सारांश
- काठमाडौंबाट खोटाङ जाँदै गरेको सुमो सिन्धुलीको फिक्कल गाउँपालिकामा सुनकोसी नदीमा खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजना बेपत्ता भएका छन्।
- दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन्, जसमध्ये गम्भीर घाइते सम्झना राईलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने चालकको अवस्था बेहोस रहेको छ।
- प्रहरीको प्रारम्भिक अनुमान अनुसार रातको समयमा चलेको उक्त गाडीका चालक निदाएका कारण मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल नदीमा खसेको हुन सक्छ।

खोटाङ । काठमाडौंबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सुनकोसी नदीमा खस्दा मृत्यु हुने तीनजना र बेपत्ताको पहिचान खुलेको छ ।
मृत्युु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा छन् ।
लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौं बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आएका थिए । स्वस्तिका काठमाडौं बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा थिइन् ।
आइतबार बिहान नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनाका परी तीन बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार, बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन् ।
दुर्घटनामा परी घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरीका १३ वर्षीय अंकित विश्वकर्मा, चालक ओखलढुंगा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा छन् ।
प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।
घाइते शिवानी र अंकितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए ।
काठमाडौंबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रहरी जनाएको छ । सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















