सुनसरीबाट ९ क्विन्टल गाँजासहित ४ जना पक्राउ

रासस

सारांश
- सुनसरीको इनरुवा नगरपालिका–४ बाट ९१५ किलोभन्दा बढी अवैध गाँजा बरामद गरिएको छ।
- प्रहरीले विशेष सूचनाका आधारमा बुलबुल यादवको घरमा छापा मार्दै चार जनालाई नियन्त्रणमा लिएको छ।
- पक्राउ पर्नेहरूमा बुलबुल यादव, सन्तोष यादव, आशिष यादव र कुन्दन यादव रहेका छन्।

सुनसरी । इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन्।
उक्त टोलको हनुमान मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले जानकारी दिए।
इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















