Opens in a new tab

मकवानपुरको भीमफेदीमा ईभी भ्यान दुर्घटना, ११ जना घाइते

नवलपुर टुडे

1.4KShares

सारांश

  • मकवानपुरको भीमफेदीमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ईभी भ्यान दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।
  • घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र उनको चितवनस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
  • दुर्घटनापछि गाडीका चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको र यातायात सञ्चालन सुचारु रहेको छ।
dida bag ad

मकवानपुर । भीमफेदीमा ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–१ बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा आइतबार ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो। प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा रौतहट दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम, रौतहट दुर्गा भगवती गाउँपालिका–१ पिपराटोलका ५० वर्षीय हरि साह, उनकी २६ वर्षीया छोरी चन्दा कुमारी साह र २३ वर्षीया छोरी शिवा कुमारी साह रहेका छन्।

त्यसैगरी, हरि साहका पाँच वर्षीय नाति आर्यन साह पनि घाइते भएका छन्। उनकी नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह सामान्य अवस्थामा रहेको विवरणमा उल्लेख छ। उनीहरू हरि साहको थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल गएका छन्। दुर्घटनामा रौतहट चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर पनि घाइते भएका छन्

प्रहरीका अनुसार राजेश साहको बायाँ खुट्टा, सर्फे आलमको नाक र बायाँ काँध, हरि साहको मुख, सबिता कुमारी चौधरीको बायाँ कोखा, राहुल ठाकुरको मुख तथा विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। चन्दा कुमारी साह, शिवा कुमारी साह र आर्यन साहको शरीरमा भित्री चोट लागेको विवरणमा उल्लेख छ।

घाइतेहरूलाई सुरुमा उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। हरि साहको अवस्था गम्भीर भएपछि उनलाई चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको र परिवारका अन्य सदस्यहरू पनि उनीसँगै चितवन गएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ईभी गाडी घटनास्थलमै रहेको छ भने चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको तथा गाडीधनी शिवकान्त झासँग सम्पर्क भएको प्रहरीले जनाएको छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै