Opens in a new tab

टुँडिखेलमा सम्पन्न भयो फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी

नवलपुर टुडे

1.5KShares

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिलासहित सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सहभागी हुनुभयो।
  • समारोहमा नेपाली सेनाद्वारा सलामी अर्पण गर्नुका साथै पुष्पवृष्टि, परेड, राइफल तथा तोपबाट बढाइँ प्रस्तुत गरियो।
  • कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ अधिकारीहरू र कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति रहेको थियो।
dida bag ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित बडादशैँको फूलपातीका अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह २०८३ मा सहभागी भए। नेपाली सेनाद्वारा आयोजित समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपतिसमेत हुन्।

समारोहका क्रममा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो। नेपाली सेनाले विभिन्न सैनिक परेड तथा राइफलबाट लहरे र एकठ्ठा बढाइँका साथै तोपबाट समेत बढाइँ प्रस्तुत गरेको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज शर्मा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै