Opens in a new tab

इलामको रोङमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या

नवलपुर टुडे

2.2KShares

सारांश

  • इलामको रोङ गाउँपालिकामा धारिलो हतियार प्रहारबाट ५५ वर्षीय कमल परियारको हत्या भएको छ।
  • मृतकको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा घरको बरण्डामा शव भेटिएको छ भने घटनास्थलबाट एउटा हतियार बरामद भएको छ।
  • घटनामा संलग्न हाल फरार रहेका व्यक्तिको प्रहरीले तीव्र खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान भइरहेको छ।
dida bag ad

इलाम । इलामको रोङमा धारिलो हतियार प्रहार बाट एक पुरुषको मृत्यु भएको छ। इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको मृत्यु भएको छ।

रोङ गाउँपालिका–३ पात्लेडाँडा बस्ने ५५ वर्षीय कमल परियार आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन् । उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव भेटिएको हो। स्थानीयले घटनाबारे जानकारी गराए पश्चात् तत्काल प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरेको छ। हत्यामा संलग्न व्यक्ति हाल फरार रहेकाले तीव्र रूपमा खोजी कार्य भइरहेको छ। कमल परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै