Opens in a new tab

हुम्लामा विधिपूर्वक फूलपाती भित्र्याइयो

नवलपुर टुडे

2KShares

सारांश

  • बडादसैँको सातौँ दिन हुम्लामा कालरात्री देवीको विशेष पूजाआजासहित विधिपूर्वक फूलपाती भित्र्याइएको छ।
  • प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोली सिमकोटको थलाहाल्नस्थित दुर्गा मन्दिर पुगेर पूजापाठ गरी फूलपाती ल्याएको हो।
  • नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयका दसैँघरमा विभिन्न कार्यक्रमसहित फूलपाती भित्र्याइएको छ।
dida bag ad

हुम्ला । बडादसैँको सातौँ दिन शनिबार नवदुर्गा भवानीको सातौँस्वरूप देवी कालरात्रिको विशेष पूजाआजाका साथै हुम्लामा विधिपूर्वक फूलपाती भित्र्याइएको छ। सदरमुकाम सिमकोटबाट प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको नेतृत्वमा एक घण्टा पैदल गएको सुरक्षाकर्मीको टोलीले सिमकोट गाउँपालिका– ५ को थलाहाल्न पुगेर पुजापाठ गर्दै फूलपाती भित्र्याइएको हो।

बडादसैँको सातौँ दिन भित्र्याइने फूलपाती नौ प्रकारका पवित्र बिरुवा वा पालुवाहरूको सम्मिश्रण भित्र्याउने कार्य भएको प्रजिअ गुरागाईले बताए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयका दसैँघरमा फूलपाती भित्र्याइएको हो।

थलाहाल्नमा रहेको दुर्गा मन्दिरबाट फूलपाती भित्र्याउने परम्परा छ। चार वटै सुरक्षा निकायका प्रमुखसहितको टोली मन्दिर पुगेर पूजाअर्चना गरेपछि नेपाली सेनाले सलामी अर्पण गरी फूलपाती दसैँघरमा लगिएको हो।

बडादसैँको सातौँ दिन महाअष्टमीको अघिल्लो दिन शनिबार हुम्लाका विभिन्न दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ। फूलपाती बढाइँ कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र नागरिक समाजका अगुवाको सहभागिता थियो। सर्वसाधारणले पनि घरघरमा स्थापना गरिएका नवदुर्गाका मन्दिरमा फूलपाती भित्र्याइएका छन्।

अरुपनि पढ्नुहोस

सबै