Opens in a new tab

कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले लिए शपथ

नवलपुर टुडे

3.1KShares

सारांश

  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ।
  • बडादसैँको फूलपातीको अवसरमा सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच उहाँले सभापति पदको कार्यभार सम्हाल्नुभएको छ।
  • महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ भने अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण दसैँपछि हुने भएको छ।
dida bag ad

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएका हुन्।

बडादसैँको फूलपातीका अवसरमा आयोजित कार्यक्रममा शपथ ग्रहण गरेसँगै थापाले सभापतिको पदभारसमेत सम्हालेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भइसकेको छ।  निर्वाचनको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेको छ।

महाधिवेशनबाट २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ। केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण भने दसैँपछि गरिने जनाइएको छ।

अरुपनि पढ्नुहोस

सबै

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे

यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

२०८३ कार्तिक १७ | बिहान ०६:०७ बजे