Opens in a new tab

गृहमन्त्रीलाई निर्मला शर्माको प्रश्न– समाचार चित्त नबुझ्दैमा पत्रकार पक्राउ गर्ने अधिनायकवादी शैली किन ?

नवलपुर टुडे

2.8KShares

सारांश

  • जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ।
  • महासंघकी अध्यक्ष निर्मला शर्माले बिदाको दिन पक्राउ गर्ने कार्यलाई अधिनायकवादी प्रवृत्तिका रूपमा टिप्पणी गर्दै यसले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको बताउनुभयो।
  • समाचारमा चित्त नबुझेमा कानुनी उपचारको बाटो अपनाउनुको सट्टा यसरी पत्रकार पक्राउ गर्नु गलत भएको महासंघको ठहर छ।
dida bag ad
काठमाडौ। जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएकाे छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माले समाचार चित्त नबुझे साइबर ब्युरोमा उजुरी हाल्न लगाउने र २४ घण्टा नबित्दै बिदाको दिन पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएकी हुन् ।

गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै शर्माले यस्तो कार्यलाई अधिनायकवादी प्रवृत्तिका रूपमा टिप्पणी गरेकी छन् । समाचारप्रति असन्तुष्टि भएमा त्यसको कानुनी उपचार खोज्ने नाममा पत्रकारलाई पक्राउ गर्ने कार्यले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउने उनको भनाइ छ ।

अरुपनि पढ्नुहोस

सबै