पत्रकार किशोर श्रेष्ठलाई लगियो भोटाहिटीस्थित साइबर ब्युरो

नवलपुर टुडे

सारांश
- पत्रकार तथा ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई शनिबार नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ।
- कलाकार हिमेश पन्तले ‘जनआस्था’मा प्रकाशित समाचारलाई लिएर श्रेष्ठविरुद्ध उजुरी दिएका थिए।
- उक्त उजुरीमाथि छलफलका लागि प्रहरीको टोली ललितपुरको नक्खुस्थित श्रेष्ठको निवासबाटै ब्युरो लगेको हो।

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ । शनिबार उनलाई साइबर ब्युरो लगिएको हो ।
‘जनआस्था’ साप्ताहिक पत्रिकामा छापिएको समाचारका विषयमा कलाकार हिमेश पन्तले उनीविरुद्ध उजुरी दिएका थिए ।
सोही विषयमा छलफलका निम्ति भन्दै ‘जनआस्था’का प्रधान सम्पादक श्रेष्ठलाई काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरो लगिएको हो ।
उनलाई लिन प्रहरी टोली शनिबार बिहान ललितपुरको नक्खुस्थित निवासमै पुगेको थियो ।

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
अरुपनि पढ्नुहोस
सबै
मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता
















