Opens in a new tab

रौतहटमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ

अशोक यादव

9.8KShares

सारांश

  • रौतहटको गरुडा नगरपालिकाबाट १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ परेका छन्।
  • गौरबाट वीरगञ्ज जाँदै गरेको बसमा चेकजाँच गर्दा उनको झोलाबाट प्रेमेथाजिन, सेरेजाक र नोरफिन बरामद भएको हो।
  • पक्राउ परेका किशोरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप अनुसन्धान भइरहेको छ।
dida bag ad

रौतहट । रौतहटमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ परेका छन । गरुडा नगरपालिका–८ बिर्ता चोकबाट प्रहरीले १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

असोज ३० गते दिउँसो करिब ४ बजे गौरबाट वीरगञ्ज जाँदै गरेको ना.४ ख ४७०४ नम्बरको बस चेकजाँच गर्दा किशोरको झोलाबाट प्रेमेथाजिन, सेरेजाक र नोरफिन ४९/४९ एम्पुल गरी कुल १४७ एम्पुल बरामद भएको प्रहरीले नवलपुर टुडेलाई जनाएको छ।

WhatsApp Image 2026 10 17 at 10.36.09

पक्राउ परेका तनहुँका १७ वर्षीय किशोरलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

WhatsApp Image 2026 10 17 at 10.36.10

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै