गोरखा दरबारको दसैँघरबाट हनुमानढोकामा पठाइयो फूलपातीसहितको डोली

नवलपुर टुडे

सारांश
- बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट विधिपूर्वक पूजा गरी फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबारतर्फ पठाइएको छ।
- ऐतिहासिक परम्पराअनुसार गोरखाका सुसारेहरूले बोकेर ल्याएको उक्त डोलीलाई सरकारी गाडीमार्फत काठमाडौं पठाएर साँझ हर्षबढाइँका साथ भित्र्याइन्छ।
- पृथ्वीनारायण शाहले काठमाडौंबाट राजकाज सुरु गरेदेखि चलेको यो परम्पराले गोरखा र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई जोडेको छ।

गोरखा । बडादसैँको सातौँ दिन शनिबार (असोज ३१) गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ । शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो ।
गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए ।
गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ । ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौंबाट राजकाज सुरु गरेपछि गोरखाबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो ।
यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















