Opens in a new tab

सप्तरीमा हात्ती मारेर गाडेको आरोपमा एकजना पक्राउ

नवलपुर टुडे

2.1KShares

सारांश

  • सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा हात्ती मारेर गाडेको अवस्थामा फेला परेको छ।
  • घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ।
  • गाडिएको हात्तीलाई बाहिर निकालेर पोस्टमार्टम गरिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।
dida bag ad

सप्तरी । हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एकजनालाई पक्राउ गरिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कंकालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धान खेतमा हात्तीलाई मारेर गाडेको भेटेका हुन् ।

हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपेको भेटिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए । उनले भने, “गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोस्टमार्टम भइरहेको छ ।”

हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडेको हुनसक्ने आशंका गरिएको छ । हात्ती मरेको कारणबारे तत्काल खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको कोसी टप्पु वन्यजन्तु आरक्षलाई उद्धृत गर्दै डिभिजन प्रमुख ठाकुरले बताए ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै