Opens in a new tab

रुगिन स्वास्थ्य चौकीमा दशैको सार्वजनिक बिदामा आकस्मिक सेवा बाहेक अरु बन्द

उमेश रोकाया

7.2KShares

सारांश

  • बाजुराको हिमाली गाउँपालिका-५ मा रहेको रुगन स्वास्थ्य चौकीमा बडा दसैँको सार्वजनिक बिदाका कारण प्रशासनिक तथा बहिरंग सेवाहरू बन्द रहने भएका छन्।
  • सरकारी निर्णयअनुसार यही असोज ३१ गतेदेखि कार्तिक ८ गतेसम्म नियमित सेवा बन्द रहने स्वास्थ्य चौकी प्रमुख ललिजङ कार्कीले जानकारी दिनुभएको छ।
  • चाडपर्वको अवधिमा नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै आकस्मिक सेवा भने २४ घण्टा नै सुचारु रहनेछ र कार्तिक ९ गतेदेखि नियमित सेवा पुनः सञ्चालन हुनेछ।
dida bag ad

बाजुरा, असोज ३० । बाजुरा जिल्ला हिमाली गाउँपालिका-५ मा रहेकोे रुगन स्वास्थ्य चौकिमा दशैको सार्वजनिक बिदामा आकस्मिक सेवा बाहेक अरु बन्द गरिएको छ ।

सेवाग्राही तथा सरोकारवालाहरुमा नेपालीहरुको महान चाड बिजया दशमी २०८३ को हार्दिक मंगलमय सुभकामना व्यक्त गरेका छन । नेपाल सरकारको बार्षिक क्यालेन्डर तथा यस हिमाली गाउँपालिकाको निर्णय अनुसार बड़ादशैंको सार्बजनिक बिदा परेकोले मिति असोज ३१ गते देखि कार्तिक ८ गते सम्म स्वास्थ्य चौकिको नियम प्रशासनिक तथा बहिरंग सेवाहरु पूर्ण रूपमा बन्द रहने जानकारी गरिएको छ ।

चाडपर्बको यस अवधिमा नागरिकको स्वास्थ्य संबेदनशीलता लाई ध्यानमा राखी आकस्मिक सेवा २४ औ घण्टा सुचारु रहने जनाएको छ । स्वास्थ्य चौकि मिति २०८३ कार्तिक ०९ गतेदेखि पुनः यथावत रूपमा नियमित सन्चालन हुने रुगिन स्वास्थ्य चौकी प्रमुख ललिजङ कार्कीले बताउनुभयो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे