Opens in a new tab

सर्लाहीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

नवलपुर टुडे

3.3KShares

सारांश

  • सर्लाहीको पर्सा गाउँपालिकास्थित संग्रामपुर पुलमा भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
  • हुलाकी सडक खण्डमा भएको सो दुर्घटनामा महोत्तरी गौशालाका २४ वर्षीय चालक विकल साहको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
  • महोत्तरीबाट मलंगवातर्फ जाँदै गरेको उक्त कार दुर्घटनाको कारण बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
dida bag ad

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–२ स्थित संग्रामपुर पुलमा भारतीय नम्बर प्लेटको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको छ। हुलाकी सडक खण्डमा बिआर–०६–बिएक्स–०४३५ नम्बरको कार  दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको हो।

दुर्घटनामा परेर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए । शुक्रबार मध्यान्ह भएको दुर्घटनामा परेर कारमा सवार महोत्तरीको गौशाला घर भएका करिब २२ वर्षीय शम्भुनाथ ठाकुर र सोही ठाउँका २३ वर्षीय शुभम कुमार शर्मा घाइते भएका छन् ।

दिउँसो १२ बजे महोत्तरीबाट सर्लाहीको मलंगवातर्फ आउँदै गरेको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको डीएसपी राईले बताए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै