Opens in a new tab

काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

नवलपुर टुडे

1.5KShares

सारांश

  • सिन्धुलीको गोलान्जर गाउँपालिकामा बा.प्र. ०३–००१ ख २७७४ नम्बरको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
  • काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको उक्त बस खाना खाएर छुट्ने क्रममा ब्याक गर्ने बेला सडकबाट करिब १० मिटर तल खसेको थियो।
  • घाइतेहरूको खुर्कोटस्थित शुभजीवन र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
dida bag ad
काठमाडौँ । सिन्धुलीमा भएको बस दुर्घटनामा ९ जना घाइते भएका छन् । बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलान्जर गाउँपालिका ७ ट्रायल सेन्टर अगाडि बस दुर्घटना भएको हो।

काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खान रोकेको थियो। खाना खाइसकेपछि यात्रु चढाएर ब्याक गर्ने क्रममा बस सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका ९ जनाको शुभजीवन अस्पताल खुर्कोट र सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट उद्धारका लागि तत्काल टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै