Opens in a new tab

उदयपुरमा बस दुर्घटना, एक जनाको मृत्यु, १६ घाइते

रासस

1.8KShares

सारांश

  • उदयपुरको त्रियुगा नगरपालिका–७ सुर्खेमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको यात्री बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा परी बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन् भने गम्भीर घाइते सहचालकलाई थप उपचारका लागि धरान पठाइएको छ।
  • मदन भण्डारी लोकमार्गमा भएको उक्त दुर्घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको छ।
dida bag ad

उदयपुर । काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७ सुर्खेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईँका अनुसार दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको हो । बसमा सवार ३५ जनामध्ये १६ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका बसका सहचालक धनबहादुर जोगीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै