श्री इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहको १६औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न
धर्मेन्द्र कुमार कुर्मी

सारांश
- कपिलवस्तुको विजयनगर गाउँपालिका–२ स्थित श्री इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहको १६औँ साधारण सभा तथा ५औँ अधिवेशन सम्पन्न भएको छ।
- लुम्बिनी प्रदेशका मन्त्री जानकी प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनका विषयमा छलफल गरिएको छ।
- अध्यक्ष बनवारीलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि, वन अधिकृत तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कपिलवस्तु, असोज २९। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–२, लोहरौलामा रहेको श्री इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहको १६औँ साधारण सभा तथा ५औँ अधिवेशन आज २०८३ साल असोज २९ गते सम्पन्न भएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सभासद् तथा मन्त्री जानकी प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, गौतम बुद्ध साझेदारी वनका अध्यक्ष प्रवेज आलम खान, विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का वडाध्यक्ष नेपाल चौधरी, इन्द्रेणी सामुदायिक वनका अध्यक्ष बनवारीलाल चौधरी तथा डिभिजन वन कार्यालय, चन्द्रौटाका डिभिजनल वन अधिकृत (डीएफओ) गणेश बहादुर थर्कालगायत विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा गाउँका वन उपभोक्ता, बडघर, युवा तथा दिदीबहिनीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। सामुदायिक वनको संरक्षण, संवर्द्धन, दिगो व्यवस्थापन तथा वन उपभोक्ताहरूको हितका विषयलाई प्राथमिकतामा राख्दै आयोजित सभामा वनको विकास र व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरिएको जनाइएको छ।
कार्यक्रम सम्पन्न भएको जानकारी इन्द्रेणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बनवारीलाल चौधरीले दिनुभएको हो। सामुदायिक वनले स्थानीय स्तरमा वन तथा वातावरण संरक्षण गर्नुका साथै जैविक विविधताको रक्षा र प्राकृतिक स्रोतको दिगो उपयोगमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















