Opens in a new tab

अस्ट्रेलियामा बालबालिकामाथि हिंसा र यौन उत्पीडन बढ्दो

एजेन्सी

1.5KShares

सारांश

  • अस्ट्रेलियामा सन् २०१४ देखि २०२४ सम्मको अवधिमा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसाका घटना तीव्र रूपमा बढेका छन्।
  • कोभिड–१९ महामारीको प्रभाव, जीवनयापनको बढ्दो खर्च र आय असमानतालाई बालबालिकामाथिको हिंसा बढ्नुको प्रमुख कारण मानिएको छ।
  • बालबालिकालाई हिंसाबाट सुरक्षित राख्न रोकथामका उपाय र प्रारम्भिक हस्तक्षेपमा थप लगानी गर्न विज्ञहरूले आह्वान गरेका छन्।
dida bag ad

काठमाडाैँ । अस्ट्रेलियामा बालबालिकामाथि हुने यौन उत्पीडन र पारिवारिक हिंसासम्बन्धी आक्रमणका घटना तीव्र रूपमा बढेका छन्। सन् २०१४ देखि २०२४ सम्मको तथ्याङ्कमा आधारित अध्ययनले पछिल्ला तीनदेखि पाँच वर्षमा बालबालिकामाथि हुने हिंसा झन् बढेको देखाएको छ ।

अध्ययनअनुसार, सन् २०१४ देखि २०२४ सम्म १० देखि १७ वर्ष उमेर समूहका बालिकामा यौन उत्पीडनको दर ५१ प्रतिशत र सोही उमेर समूहका बालकमा ६० प्रतिशतले बढेको छ । सन् २०२१ यता उक्त उमेर समूहका बालकमा यौन उत्पीडनको दर थप १५.७ प्रतिशतले वृद्धि भएको सिड्नी विश्वविद्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको छ।

‘जेएएमए नेटवर्क ओपन’ नामक जर्नलमा प्रकाशित अध्ययनले सन् २०२० आसपासदेखि बालबालिकामाथि हुने पारिवारिक हिंसासम्बन्धी आक्रमण पनि तीव्र रूपमा बढेको देखाएको छ । विभिन्न उमेर र लैङ्गिक समूहमा यस्ता आक्रमणको वार्षिक वृद्धि दर आठदेखि २० प्रतिशतसम्म रहेको अध्ययनमा उल्लेख छ।

अनुसन्धानकर्ताहरूले बालबालिकामाथि हुने हिंसा बढ्नुमा आय असमानतामा वृद्धि, कोभिड–१९ महामारीको प्रभाव, जीवनयापनको बढ्दो खर्च, अनलाइन माध्यममा लैङ्गिक मान्यतामा आएको परिवर्तन तथा सहयोग सेवामा रहेका कमीलाई सम्भावित कारणका रूपमा औँल्याएका छन् । हिंसाका घटनाबारे उजुरी तथा प्रतिवेदन गर्ने प्रवृत्ति बढ्नुले पनि तथ्याङ्कमा देखिएको वृद्धिमा योगदान गरेको हुन सक्ने उनीहरूको भनाइ छ ।

सिड्नी विश्वविद्यालयअन्तर्गतको माटिल्डा सेन्टर फर रिसर्च इन मेन्टल हेल्थ एन्ड सब्सटेन्स यूजकी प्रमुख अनुसन्धानकर्ता लुसी ग्रुमिटले बालबालिकालाई हिंसाबाट सुरक्षित राख्न रोकथामका उपाय र प्रारम्भिक हस्तक्षेपमा थप लगानी गर्न आह्वान गरे।

अध्ययनले भने आक्रमणबाट लागेको चोटका कारण बालबालिकालाई अस्पताल भर्ना गर्नुपर्ने घटनामा उल्लेखनीय परिवर्तन नभएको देखाएको छ । त्यस्तै, अध्ययन अवधिमा प्रमाणित बाल दुव्र्यवहारका घटनामा पनि वृद्धि भएको पाइएको छैन।

यद्यपि, अनुसन्धानकर्ताहरूले प्रमाणित दुव्र्यवहारका घटना घटेको देखिँदैमा बालबालिकामाथिको हिंसा वास्तविक रूपमा कम भएको निष्कर्ष निकाल्न नमिल्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार, बाल संरक्षणसम्बन्धी निकायसँग दुव्र्यवहारका उजुरीमाथि अनुसन्धान गर्न पर्याप्त क्षमता नहुँदा पनि प्रमाणित घटनाको सङ्ख्या घटेको देखिन सक्छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै