अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

एजेन्सी

सारांश
- अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ भने रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ।
- समीक्षा अवधिमा कुल जनसङ्ख्यामा रोजगारीको अनुपात ६३.६ प्रतिशतमा झरेको छ भने अल्परोजगारी दर बढेर ६.३ प्रतिशत पुगेको छ।
- तथ्याङ्क ब्युरोका अनुसार प्रवृत्तिगत आधारमा भने त्यहाँको बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको छ।

काठमाडाैँ। अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ।
एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या नौ हजारले बढेको छ।
थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई मापन गर्ने अल्परोजगारी दर ०.१ प्रतिशत विन्दुले बढेर ६.३ प्रतिशत पुगेको छ।
सेप्टेम्बरमा आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा १.५ प्रतिशतले घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा ०.४ प्रतिशतले बढेको क्रिकले जानकारी दिएका छन्।
यद्यपि, अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले श्रम बजारको वास्तविक प्रवृत्ति आकलन गर्न सिफारिस गर्ने प्रवृत्तिगत (ट्रेन्ड) आधारमा भने बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको छ । उक्त अवधिमा प्रवृत्तिगत रोजगारी ०.१ प्रतिशतले बढेको छ भने कुल कार्यघण्टा स्थिर रहेको तथ्याङ्कमा उल्लेख छ।
एबीएसका अनुसार वार्षिक आधारमा रोजगारी र कुल कार्यघण्टामा क्रमशः १.२ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















