सुस्ताबाट १४ लाख भन्दा बढी मुल्यको भारतीय अबैध मदिरा नियन्त्रणमा

नवलपुर टुडे

सारांश
- नवलपरासीको सुस्ता गाउँपालिकाबाट भारततर्फबाट भन्सार छली ल्याउँदै गरेको अवैध मदिरा बरामद गरिएको छ।
- प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ‘ओल्ड मंक रम’ ब्रान्डका ७४२ बोतल अवैध मदिरा नियन्त्रणमा लिएको हो।
- बरामद गरिएको उक्त मदिराको अनुमानित मूल्य १४ लाख ८४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नवलपरासी । नवलपरासीमा भन्सार छली नेपाल ल्याउदै गरेको भारतीय मदिरा नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली ११ वटा हरियो ठूलो झोलामा अबैध मदिरा आउदैछ भन्ने गोप्य सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र रामनगर प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आज बिहान सुस्ता गाउँपालिका- ५ महलबारीस्थित भित्री सडक खण्डबाट नियन्त्रणमा लिईएको हो ।
बरामद अबैध मदिरा ७ वर्ष पुरानो ब्लेंडेड ओल्ड मन्क (ट्रिपल एक्स) रम (७५० मिलिलिटर) को ७४२ बोत्तल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
सो बरामद अबैध मदिराको अन्दाजी मुल्य २०००/- का दरले हिसाब गर्दा जम्मा अन्दाजी मुल्य रु. १४,८४,०००/- (चौध लाख चौरासी हजार बरावरको रहेको थापाले बताए । नियन्त्रणमा लिएको अबैध मदिराको बारेमा थप अबुसन्धान भैरहेको जनाएको छ ।

दक्षिण कोरियाको कर लेखा परीक्षामा पहिलो भएका परीक्षार्थीले एआईको सहायतामा दिएका थिए परीक्षा

चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

छठघाट रेखदेख गर्न बसेका ६० वर्षीय यादव मृत

संकटमा रैथाने बासमती : हाइब्रिडको विस्तार र सिँचाइ अभावले मौलिक बास्ना हराउँदै

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा
अरुपनि पढ्नुहोस
सबै
रवि लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

बजारमा माग बढेपछि ‘थारु आलुखेती’ विस्तार गर्दै किसान

धान काट्न व्यस्त छन् इलामका किसान

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ
















