Opens in a new tab

लिंगे पिङको परम्परा जोगाउन नगरपालिकाको सहयोग

रासस

980Shares

सारांश

  • नवलपुरको गैँडाकोट नगरपालिका–२ वडा कार्यालयले दसैँमा लिंगे पिङ हाल्नका लागि वडाभित्रका १० वटै टोल विकास संस्थालाई आर्थिक सहयोग गर्ने भएको छ।
  • लोप हुँदै गएको मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यसहित प्रतिटोल पाँच हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
  • टोल विकास संस्थाले पिङ निर्माण गरेपश्चात् बिल तथा भरपाइ पेस गरेर वडा कार्यालयबाट सो रकम भुक्तानी लिन सक्नेछन्।
dida bag ad

नवलपुर (नवलपरासी) । दसैँमा लिंगे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका सम्पूर्ण टोल विकास संस्थालाई लिंगे पिङ राख्नका लागि आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले अन्य वडालाई पनि सोही अनुसारको सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

वडाध्यक्ष प्रकाश सापकोटाले लोप हुन लागेको लिंगे पिङको जगेर्ना गर्ने उद्देश्यले वडाभित्रका १० वटै टोल विकास संस्थालाई आर्थिक सहयोग गर्न लागिएको बताए ।

“नेपालीको महान् पर्व दसैँ, तिहार तथा छठका अवसरमा कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यस्वरुप हामीले टोल विकास संस्थामार्फत पिङ हाल्न सहयोग गर्दैछौँ,” सापकोटाले भने, “हामीले प्रतिटोल विकास संस्थालाई पिङ हाल्न लाग्ने अनुमानित खर्च रु पाँच हजार ५०० प्रदान गर्ने निर्णय गरेका छौँ ।”

टोल विकास संस्थाले आफ्नो टोलमा लिंगे पिङ हालेपछि बिल, भरपाई बुझाएर वडा कार्यालयबाट भुक्तानी लिन सक्ने वडाध्यक्ष सापकोटाले बताए ।

“संस्कार र संस्कृति जोगाउन सकेमा हाम्रो सभ्यता जोगिन्छ,” उनले भने, “सभ्यता जोगिए मात्र हामी नेपाली हौँ भनेर गर्व गर्न सक्छौँ, त्यसैले पिङ हाल्न आर्थिक सहयोग गर्ने निर्णय गरेका हौँ ।”

पछिल्लो समय दसैँका बेलामा विभिन्न कारणले गाउँघरमा लिंगे पिङ हाल्ने परम्परा हराउँदै गएकाले मौलिक संस्कृतिको संरक्षणका लागि वडाले पहल गरेको सापकोटाले बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे