हिमाल चढ्न ७१ देशका आरोहीलाई अनुमति, २८ करोड बढी संकलन

रासस

सारांश
- पर्यटन विभागका अनुसार सन् २०२६ को शरद ऋतुमा ३१ वटा हिमाल आरोहणका लागि १३० वटा टोलीका १,०९८ जनाले अनुमति लिएका छन्।
- आरोहण अनुमतिबाट सरकारले कुल २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ।
- सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्।

काठमाडौं । शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार सन् २०२६ को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए ।
अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी संकलन गरेको छ । आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (आठ हजार १६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् ।
त्यसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । आरोहीबाट विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ । विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । ती आरोहीबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ ।
यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले ६ लाख ८८ हजार ५० राजस्व संकलन गरेको छ । यसैगरी, हिम्लुङ हिमालका लागि नौ टोलीका ९४ आरोहीले अनुमति लिएका छन् । सो आरोही दलबाट विभागले ५७ लाख ८८ हजार ९६० रोयल्टी संकलन भएको छ ।
यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले दुई करोड ७३ लाख १५ हजार ५०० राजस्व संकलन गरेको छ । यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
ती हिमाल आरोहण गर्नका लागि ७१ देशका एक हजार ९८ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १३२ जना छन् । यसबाहेक रसियाका ९६, फ्रान्सका ९३, अमेरिकाका ९४, बेलायतका ७४, पोल्यान्डका २९, नेपालका २६, स्वीजरल्यान्डका २८, स्पेनका २१, भारतका २२, इटलीका २८ र जापानका २८ जनाले आरोहण अनुमति लिएका छन् ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















