Opens in a new tab

विजयनगरमा विभिन्न दल परित्याग गरी ५०० बढी नेता–कार्यकर्ता रासपामा प्रवेश

नन्द किशोर कुर्मी (लालु)

6.7KShares

सारांश

  • कपिलवस्तुको विजयनगर गाउँपालिकामा विभिन्न दलका ५०० भन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
  • सांसद मोहनलाल आचार्यले सुकुम्बासी तथा भूमिहीन नागरिकका समस्याहरूलाई चुनावको मुखमा मात्र नभई त्यसअघि नै समाधान गर्नुपर्ने जोड दिएका छन्।
  • पार्टीका वक्ताहरूले योग्यता र क्षमताका आधारमा उम्मेदवार छनोट गरिने स्पष्ट पार्दै हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन्।
dida bag ad

कपिलवस्तु असाेज २८।  विजयनगर गाउँपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी ५०० भन्दा बढी नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) मा प्रवेश गरेका छन्। बुधबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू रासपामा प्रवेश गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मोहनलाल आचार्यले सुकुम्बासी तथा भूमिहीन नागरिकका समस्या चुनावी मुद्दामा मात्र सीमित गर्न नहुने बताए।IMG20261014114436 02

उनले आगामी निर्वाचनमा सुकुम्बासी र भूमिहीनका नाममा भोट माग्नुभन्दा अगाडि नै उनीहरूका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, सांसद विक्रम थापाले व्यक्तिगत चिनजान र सम्बन्धका आधारमा पार्टीको टिकट पाइन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे। उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता तथा पार्टीको विधि र प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

रासपाका विजयनगर गाउँपालिका सभापति लोकेश थापाले पार्टी विधि, विधान र प्रणालीअनुसार सञ्चालन हुने स्पष्ट पारे। नेताको चाकडी, आश्वासन वा आर्थिक चलखेलका आधारमा टिकट वितरण नहुने उल्लेख गर्दै उनले उम्मेदवार छनोट ‘क्यान्डिडेट क्लब’ प्रक्रियामार्फत गरिने बताए। साथै, चोकचौराहामा फैलिने हल्ला र अपुष्ट सूचनाको पछि नलाग्न उनले कार्यकर्तालाई आग्रह गरे।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै