विजयनगरमा रास्वपाको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्नhttps://nawalpurtoday.com/155569//
नन्द किशोर कुर्मी (लालु)

सारांश
- कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो।
- कार्यक्रममा चाडपर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइयो।
- नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरिनुका साथै यसले स्थानीयस्तरमा संगठन विस्तार र आपसी सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा बडादशैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विषयमा जोड दिइएको थियो। साथै, पार्टीको विचार, नीति तथा उद्देश्यप्रति आकर्षित भएर पार्टी प्रवेश गर्ने नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो।
कार्यक्रमले स्थानीयस्तरमा पार्टीको संगठन विस्तार गर्नुका साथै आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने


















