स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

अशोक यादव

सारांश
- रौतहटको चन्द्रपुर नगरपालिकामा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिका महिमा चौधरीको मृत्यु भएको छ।
- घरअगाडि खेलिरहेकी बालिकालाई मुनलाइट एकेडेमीको बसले ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
- दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिई बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

रौतहट , असोज २८ । रौतहटको चन्द्रपुर नगरपालिकामा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
आज बिहान करिब १०ः५५ बजे सिन्धुरेघारीबाट चन्द्रपुरतर्फ आउँदै गरेको म.प्र.०३–००१ क २८७८ नम्बरको मुनलाइट एकेडेमीको स्कुल बसले बालिकालाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–८ मोतीपुर निवासी सिकेन्द्र चौधरीकी छोरी महिमा चौधरी घरअगाडि सडक छेउमा खेलिरहेको अवस्थामा बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेपछि बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न स्कुल बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ भने बस चालक चन्द्रपुर नगरपालिका–४ निवासी कान्छा राईलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















