Opens in a new tab

विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

रासस

2KShares

सारांश

  • उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ।
  • रसुवामा गएको विनाशकारी बाढीका कारण गत भदौ १० गतेदेखि स्थगित भएको सो अभियान नागरिकको उत्साहपूर्ण सहभागितालाई मध्यनजर गर्दै फेरि सुरु गरिएको हो।
  • पार्टीले आफ्ना सबै प्रदेश, जिल्ला, पालिका र वडा तहका नेता तथा कार्यकर्ताहरूलाई आ-आफ्नो क्षेत्रमा उक्त अभियानलाई सक्रिय रूपमा अघि बढाउन आह्वान गरेको छ।
dida bag ad

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै हस्ताक्षर अभियान पुनःसञ्चालन गरेको छ ।

पार्टीले गत भदौ १ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण स्थगित भएको थियो ।

पार्टीका सचिव केदार खड्काले नागरिकको उत्साहपूर्ण सहभागितामा अघि बढिरहेको अभियानलाई निरन्तरता दिन पार्टीले पुनःसञ्चालन गर्ने निर्णय गरेको बताए ।

पार्टीले आफ्ना सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेतृत्व, नेता र कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा अभियान तत्काल पुनःसुरु गर्न आह्वान गरेको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

अरुपनि पढ्नुहोस

सबै