Opens in a new tab

सुनसान बस्तीमा दशैँको रौनकले गाउँमा चहलपहल बढ्दै

उमेश रोकाया

377Shares
dida bag ad

बाजुरा, असोज २८ । बडादशैँ नजिकिँदै गर्दा देशका विभिन्न ग्रामीण बस्तीहरूमा चहलपहल र रौनकता ह्वात्तै बढेको छ। अध्ययन, रोजगारी तथा व्यापार-व्यवसायको सिलसिलामा सहर तथा विदेशिएका मानिसहरू दशैँ मनाउन गाउँ फर्कन थालेपछि केही समयअघिसम्म सुनसान प्रायः रहेका गाउँघर अहिले भरिभराउ र गुञ्जायमान बनेका छन्।

​वर्षभरि सुनसान देखिने गाउँका बाटोघाटो, चौतारा र घरका आँगनहरूमा यतिबेला बेग्लै उत्साह र खुसी छाएको छ। लामो समयपछि परिवार र आफन्तजन भेटघाट हुन पाउँदा स्थानीयवासीहरू खुसीले गद्गद् देखिन्छन्।

​स्थानीयका अनुसार दशैँको आगमनसँगै गाउँमा बाटोघाटो सरसफाइ गर्ने, घर-आँगन लिप्ने र पिङ हाल्ने काम तीव्र रूपमा भइरहेको छ। सार्वजनिक यातायातमा चाप बढेको छ भने बजारहरूमा पनि दशैँको किनमेल गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ।

​”वर्षभरि बुढाबुढी र बालबच्चा मात्रै हुने गाउँमा अहिले युवायुवती र परदेशी फर्किएपछि साँचो अर्थमा दशैँ आएको महसुस भएको छ,” एक स्थानीयले बताए।

​पढाइ र रोजगारीका लागि राजधानी लगायत ठूला सहर र विदेश पुगेकाहरू फर्कने क्रम अझै केही दिन जारी रहने देखिन्छ। लामो समयपछिको पुनर्मिलनले गाउँघरमा चाडपर्वको उमङ्ग र रौनक थप बढाएको छ।

अरुपनि पढ्नुहोस

सबै