Opens in a new tab

कुशवाहा कल्याण समाज सप्तरीको अध्यक्षमा रामनारायण विजयी

राम नारायण

2.8KShares

सारांश

  • नेपाल कुशवाहा कल्याण समाज सप्तरीको अध्यक्षमा राम नारायण मेहता ५७ मत ल्याएर विजयी भएका छन्।
  • उनका निकटतम प्रतिद्वन्द्वी चेत नारायण मेहतालाई मात्र १ मतान्तरले पराजित गर्दै २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
  • चार वर्षे कार्यकालका लागि भएको यस निर्वाचनमा उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहितका पदाधिकारीहरू पनि चयन भएका छन्।
dida bag ad

राजविराज । नेपाल कुशवाहा कल्याण समाज सप्तरीको अध्यक्षमा राम नारायण मेहता विजयी भएका छन् ।

शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट मेहताको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष पदमा राम नारायण मेहताले ५७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी चेत नारायण मेहता ५६ मत ल्याई एक मतको झिनो मतान्तरले पराजित भएको निर्वाचन समितिका संयोजक जय प्रकाश महतोले जानकारी दिए ।

संस्थाको उपाध्यक्षमा शुभकलाल महतो, महिला उपाध्यक्षमा मुनी मेहता, सचिवमा राजाबाबु मेहता, सह सचिवमा रामशरण महतो र कोषाध्यक्षमा सूर्यनारायण महतो निर्वाचित भएका छन् ।

यस्तै १९ सदस्य मध्ये १२ जना पुरुष र ७ जना महिला निर्वाचित भएको निर्वाचन समितिले जनाकारी दिए ।

चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा १ सय २१ जनाले मतदान गरेका थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे