देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते

रासस

सारांश
- देशभर पछिल्लो २४ घण्टामा भएका ३१ वटा विपद्का घटनामा परि एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
- विपद्का यी घटनाहरूबाट ११ वटा चौपायाको क्षति हुनुका साथै करिब २३ लाख १८ हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ।
- प्राधिकरणले मौसम परिवर्तनका कारण जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका ३१ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ती घटनाबाट ११ वटा चौपायासमेत क्षति भएको छ भने करिब रु २३ लाख १८ हजार ४०० बराबरको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज २३ गते बिहान १०ः०० बजेदेखि असोज २४ गतेसम्म देशका विभिन्न २९ स्थानमा विपद्का घटना भएका हुन् ।
विभिन्न स्थानमा भएका विपद्का घटनामा घाइते भएकाहरूको सम्बन्धित क्षेत्रका अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट मानवीय क्षतिसँगै पशुचौपाया र भौतिक सम्पत्तिमा समेत नोक्सानी पुगेको छ ।
पछिल्लो समय मौसममा भइरहेको परिवर्तनका कारण विभिन्न स्थानमा विपद्का घटना हुनसक्ने जोखिम रहेकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जानसमेत प्राधिकरणले अनुरोध गरेको छ ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















