आरन पेसालाई आयआर्जनको माध्यम बनाउँदै चक्रबहादुर

रासस

सारांश
- कञ्चनपुरका चक्रबहादुर विकले पुर्ख्यौली आरन पेसालाई निरन्तरता दिँदै धनगढीमा फलामका कृषि औजारहरू निर्माण गरी बिक्री गर्दै आएका छन्।
- आफ्नो सीप र श्रममा आधारित यस व्यवसायबाट उनले मासिक रूपमा करिब २० हजार रुपैयाँ बचत गरी १२ जनाको ठूलो परिवारको जीविकोपार्जन धानिरहेका छन्।
- आधुनिकतासँगै विस्थापित हुँदै गएको परम्परागत पेसाको संरक्षण र प्रवर्द्धनका लागि उनले राज्यबाट तालिम, उपकरण तथा सहुलियतपूर्ण ऋणको अपेक्षा गरेका छन्।

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलवपुरका चक्रबहादुर विकले विगत लामो समयदेखि धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित सडक छेउमै आरन पेसा गर्दै आएका छन् । आफ्ना बाउबाजेको पालादेखिको पुर्ख्यौली पेसालाई उनले निरन्तरता दिँदै आएका छन् ।
केही वर्षअघि कमजोर आर्थिक अवस्थाको कारण दश वर्षजति अर्काकोमा ज्यालादारीमा काम गरेका विकले अहिले आफैँ आरन व्यवसाय सञ्चालन गर्दै आएका छन् । पछिल्लो समय आधुनिकतासँगै पुराना पेसा विस्थापित हुँदै गएको अवस्थामा उनले भने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आफ्नो श्रम र सीपबाट परिवारको जीविकोपार्जन गरिरहेका छन् ।
आरन व्यवसायी विकले मासिक रूपमा रु ७० हजार बराबरको कारोबार गर्दै आएका छन् । जसबाट सबै खर्च कटाएर रु २० हजार जति बचत हुने गरेको आरन व्यवसायी विकले बताए ।
सामान्य लेखपढ मात्र गर्नुभएका उनको १२ जनाको जहान छ । उनीसँग आम्दानीका अन्य कुनै आयस्रोत छैन । “घरका सबै परिवार यसै पेसाको कमाइमा मात्र निर्भर छन्,” उनले भने, “परिवारको लालनपालनदेखि सम्पूर्ण खर्च आरन पेसाको कमाइ नै धानेको छु” ।
बाल्यकालमा बुवासँगै फलामका विभिन्न औजार बनाउने सिप सिक्नुभएका विकले पुर्ख्यौली पेसाको सीप प्रयोग गर्दै यस पेसालाई आफ्नो आम्दानीको मुख्य स्रोत बनाएका छन् । यो पेसाबाट परिवार पाल्न धौधौ पर्न थालेको उनको भनाइ छ ।
“पुर्खाले गर्दै आएको सीप हो, यही काम सिकेर हुर्किएँ । अहिले पनि यही पेसाबाट जीविकोपार्जन गर्दै आएको छु”, विकले भन्नुभयो, “कहिलेकाहीँ काम पाउन समस्या हुन्छ तर आफ्नो सीप भएकाले अरूको भर पर्नुपरेको छैन ।”
विकले आरनमा फलाम तताउने, पिटने, काट्ने र आवश्यक आकार दिने काम गर्दै आएका छन् । जसबाट हँसिया, कुटो, कोदालो, हलोको फाली, लगायतका कृषि औजार बनाएर बिक्री गर्ने गरेको बताए ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्यले आरन पेसामा संलग्न व्यक्तिलाई आवश्यक तालिम, आधुनिक उपकरण तथा सहुलियतपूर्ण ऋण व्यवस्था गर्नुपर्ने विकको अपेक्षा छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















