सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

रासस

सारांश
- तान्जानियामा जारी आईपीयूको १५३औँ महासभाका क्रममा सभामुख डोलप्रसाद अर्याल र अष्ट्रेलियाली सभामुख मिल्टन डिकबीच द्विपक्षीय भेटवार्ता भएको छ।
- भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्य, जलवायु परिवर्तनका असर र आपतकालीन मानवीय सहायताका विषयमा महत्वपूर्ण छलफल भएको छ।
- अष्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो देश इच्छुक रहेको बताएका छन्।

काठमाडौँ , असोज २०। सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ ।
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहनुभएका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
उहाँले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उहाँले विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गर्नुभयो ।
जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गर्नुभयो ।
सभामुख अर्यालले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
भेटका क्रममा अष्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
अरुपनि पढ्नुहोस
सबै
बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना

चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
















