कपिलवस्तको शिवपुरबाट ५२ लाखभन्दा बढी मूल्यको अबैध रेडिमेड सर्ट बरामद

नवलपुर टुडे

सारांश
- कपिलवस्तुको शिवराज नगरपालिकाबाट भन्सार छली ल्याइएको ठूलो परिमाणको अवैध रेडिमेड सर्टसहितको कन्टेनर प्रहरीले बरामद गरेको छ।
- बरामद गरिएका ७ हजार १५२ पिस सर्ट र कन्टेनरको कुल मूल्य करिब ८२ लाख ५३ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
- नियन्त्रणमा लिइएका सामान र कन्टेनरलाई इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखेर थप अनुसन्धान भइरहेको छ।

कपिलवस्तु । नेपाल भारत सीमाक्षेत्र पर्ने कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट भन्सार छली चोरी निकासी गरी ल्याएको अबैध सामान बरामद गरिएको छ ।
सो अबैध सामान इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको ७ जनाको प्रहरी टोलीले सोमबार पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा काठमाडौंबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनरबाट ७ हजार १५२ पिस रेडिमेड सर्ट बरामद गरेका हुन ।
कन्टेनरमा उक्त सामानक्ल बिलमा बिजक नम्बर उल्लेख नभएको ठूलो परिमाणको रेडिमेड सर्ट बरामद गरेको हो । प्रहरीका अनुसार बरामद रेडिमेड सर्टको भ्याटसहित अनुमानित मूल्य रु. ५२ लाख ५३ हजार १४४ रहेको छ।
यस्तै, कन्टेनरको अनुमानित मूल्य रु. ३० लाख रहेको प्रहरीले जनाएको छ । बरामद सामान र कन्टेनरसहित कुल रु. ८२ लाख ५३ हजार १४४ बराबरको मूल्यांकन गरिएको प्रहरीले जनाएको छ।
बरामद सामग्री र कन्टेनरलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
















