नेपाली कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलामञ्चमा जारी बन्द सत्रले महामन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत संशोधित विधान सर्वसम्मतिले पारित गरेको छ।
- नयाँ विधानअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति कुल २९७ सदस्यीय रहनेछ, जसमध्ये ६६ जना सदस्य पछि मनोनित गरिनेछन्।
- संशोधित विधानमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत विभिन्न समावेशी समूहबाट प्रतिनिधित्वको स्पष्ट व्यवस्था गरिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो ।
प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहनेछन् । उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ ।
त्यस्तै महामन्त्री ३ जना रहनेछन् । जसमा एक जना महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा १५ जना रहनेछन् । कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना हुनेछन् । प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन् ।
केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहनेछन् । महिला खुलामा १५ जना हुनेछन् । हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन् ।
साथै उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ । त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहनेछन् ।
जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन् ।
मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन् । त्यस्तै जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन् । पिछडिएको बर्गबाट ३ जना हुनेछन् ।
थारूबाट २ महिलासहित ६ जना रहेका छन् । श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन् ।
साथै सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन् । त्यस्तै अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन् । केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनित गर्नेछ ।
सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रलेमात्र पारित गर्नेछ ।
मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान भने सोमबारै पारित गरिएको हो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















