Opens in a new tab

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

नवलपुर टुडे

8.4KShares

सारांश

  • नर्वेजियन सरकारबाट नगरपालिकाहरूमा स्वच्छ ऊर्जा प्रवर्द्धनका लागि प्राप्त हुने करिब १० करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।
  • पूर्व न्यायाधीश बाबुराम रेग्मीको संयोजकत्वमा गठित समितिले जेन-जी आन्दोलनका मुद्दाहरूबारे बुझाएको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइएको छ।
  • सहसचिव पद्म कुमार मैनालीलाई सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
dida bag ad

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले ५ वटा निर्णयहरू गरेको छ ।

बैठकका मुख्य निर्णयहरूः

नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने।

नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (दोस्रो संशोधन) नियमहरू, २०८३ स्वीकृत गर्ने।

वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने।

जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने।

सहसचिव (प्रा.) श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

२०८३ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे