ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाहीमा

रासस

सारांश
काठमाडौँ,असोज १४। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालकलाई कारबाही गरिएको छ ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६०, सिसीटिभीबाट पहिचान भएका ५३, सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ र तीव्रगतिमा सवारी चलाउने ९३ जना छन् ।
त्यस्तै निषेधित क्षेत्रमा हर्न बजाउने पाँच जना, लेन उल्लङ्घन गर्ने पाँच, सवारीसाधनको अवस्था ठिक नभएका १२ र एकतर्फी सडक अनुशासन पालना नगर्ने पाँच जनालाई कारबाही गरिएको उक्त कार्यालयले जनाएको छ ।
अन्य विभिन्न सवारी नियम पालना नगर्ने ३७३ जनालाई जरिवानासहितको कारबाही गरिएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको छ । सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।
सवारी नियमको पालना गर्नु चालकको जिम्मेवारीमात्र नभई पैदलयात्रीको सुरक्षासँग जोडिएको विषय भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन नगर्न सबैमा अनुरोध गरेको छ ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















