सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनीको प्रदेश कार्यसमिति चयन

नन्द किशोर कुर्मी (लालु)

सारांश
बुटवल । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको लुम्बिनी प्रदेश सम्मेलन तथा दोस्रो अधिवेशन बुटवल उपमहानगरपालिका–स्थित होटल मेरी गोल्डमा सम्पन्न भएको छ।
अधिवेशनबाट चुडामणि पौडेलको अध्यक्षतामा लुम्बिनी प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएको हो। समितिको उपाध्यक्षमा लीला सारु मगर, सचिवमा दामोदर देवकोटा र कोषाध्यक्षमा सरस्वती खत्री थापा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा अनिल कुमार ठाकुर, सुरेन्द्र कुमार चौधरी, अन्नपूर्ण नन्द मिश्र, शिवप्रसाद भण्डारी, देवराज भण्डारी, भागीरथी हरिजन, डिलकुमारी पोख्रेल, सुनबहादुर पुन मगर, अर्जुन बुढा मगर, नीरबहादुर सारु र केशवराज अधिकारी चयन भएका छन्।
नवनिर्वाचित सदस्यहरूले आफूलाई जिम्मेवारी प्रदान गर्ने लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















