सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनीको प्रदेश कार्यसमिति चयन


बुटवल । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको लुम्बिनी प्रदेश सम्मेलन तथा दोस्रो अधिवेशन बुटवल उपमहानगरपालिका–स्थित होटल मेरी गोल्डमा सम्पन्न भएको छ।
अधिवेशनबाट चुडामणि पौडेलको अध्यक्षतामा लुम्बिनी प्रदेश कार्यसमिति सर्वसम्मत चयन भएको हो। समितिको उपाध्यक्षमा लीला सारु मगर, सचिवमा दामोदर देवकोटा र कोषाध्यक्षमा सरस्वती खत्री थापा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा अनिल कुमार ठाकुर, सुरेन्द्र कुमार चौधरी, अन्नपूर्ण नन्द मिश्र, शिवप्रसाद भण्डारी, देवराज भण्डारी, भागीरथी हरिजन, डिलकुमारी पोख्रेल, सुनबहादुर पुन मगर, अर्जुन बुढा मगर, नीरबहादुर सारु र केशवराज अधिकारी चयन भएका छन्।
नवनिर्वाचित सदस्यहरूले आफूलाई जिम्मेवारी प्रदान गर्ने लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।






















