नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो


काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६१३ दशमलव ३३ मा पुगेको छ । यो शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३४ अङ्कले घटेर ४६७ दशमलव ६७ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ११ अङ्कले घटेर १८० दशमलव शून्य सात मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४८ अङ्कले घटेर १५७ दशमलव ८८ मा पुगेको छ ।
आज ४९ कम्पनीको सेयर बढ्दा २२४ घटेका छन् भने छ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् । नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर, प्राइम बैंक डिबेञ्चर लगायतका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।






















