नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

नवलपुर टुडे
सारांश
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६१३ दशमलव ३३ मा पुगेको छ । यो शून्य दशमलव ६२ प्रतिशतको गिरावट हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ३४ अङ्कले घटेर ४६७ दशमलव ६७ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ११ अङ्कले घटेर १८० दशमलव शून्य सात मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४८ अङ्कले घटेर १५७ दशमलव ८८ मा पुगेको छ ।
आज ४९ कम्पनीको सेयर बढ्दा २२४ घटेका छन् भने छ कम्पनीको सेयर मूल्य स्थिर रहेका छन् । नेप्सेका अनुसार केबिएल डिबेञ्चर, लक्ष्मी सनराइज डिबेञ्चर, प्राइम बैंक डिबेञ्चर लगायतका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी हाथवे इन्भेष्टमेन्ट नेपाल, इमर्जिङ नेपाल र ग्लोबल आइएमई ब्यालेन्स फण्डलगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















